बैठक लाइभ हुँदा जनतामा भ्रम पैदा हुँदैन : महत

हिमाल प्रेस ३ साउन २०८० २०:२१ | Wednesday, July 19, 2023
बैठक लाइभ हुँदा जनतामा भ्रम पैदा हुँदैन : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताएका छन्।

बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएका बताएका हुन्।

उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई प्रत्यक्ष प्रसारणका कारण रोकिने विश्वास लिएको बताए।

‘सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ,’ उनले भने, ‘भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे। अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन्।’
उनले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरू बलियो हुने विषय केन्द्रीय समिति बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए।

प्रकाशित: ३ साउन २०८० २०:२१ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast