‘बैंकिङ क्षेत्रमा नैतिक अभ्यास अपरिहार्य’

हिमाल प्रेस १२ साउन २०८० १८:५७ | Friday, July 28, 2023
‘बैंकिङ क्षेत्रमा नैतिक अभ्यास अपरिहार्य’

काठमाडौँ- बैंकिङ क्षेत्रमा नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिका कारण नैतिक अभ्यास जरुरी रहेको उनीहरू बताएका हुन्।

शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानुनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए।

‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ। सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्यांकन गरेका हुन्छन्,’ डा. भट्टले भने ।

राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले मोर्गन कलेजले विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको बताए।

प्रकाशित: १२ साउन २०८० १८:५७ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast