 
                             
                                            सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगु क्लिनिकले धान्न नसकेपछि छुट्टै डेंगु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए।
सय श्यया क्षमताको कोभिड-१९ अस्पताललाई तत्कालका लागि डेंगु अस्पतालको रूपमा परिवर्तन गरेको उनले बताए।
पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत श्यया डेंगुका बिरामीले भरिएपछि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए।
केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगु संक्रमित आउने गरेका छन्।
डेंगुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 