एक करोड रुपैयाँभन्दा बढीको सामान सशस्त्रको नियन्त्रणमा

हिमाल प्रेस ३० असार २०८० १५:१४ | Saturday, July 15, 2023
एक करोड रुपैयाँभन्दा बढीको सामान सशस्त्रको नियन्त्रणमा

काठमाडौँ- बिलविजकमा उल्लेख भए भन्दाबढी सामान भएको तीन ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका १४ स्थित चण्डाल चोकबाट सशस्त्रले प्रहरीले शुक्रबार तीन ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकहरूमा १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान रहेको सशस्त्रले जानकारी दिएको छ। विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बाप्र ०३–१३–००१ ख १९९७, ना ६ ख ४४४६ र ना ७ ख २३३५ नम्बरका ट्रक नियन्त्रण लिइएको सशस्त्रको भनाइ छ।

उक्त ट्रकहरूमा जाँच गर्दा बिलविजकमा उल्लेखित मूल्यभन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्रले बताएको छ। सशस्त्र प्रहरीका अनुसार उक्त ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटनलगायत सामान छन्। तीन वटै ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

प्रकाशित: ३० असार २०८० १५:१४ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast