बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते

हिमाल प्रेस २ साउन २०८० २०:०२ | Tuesday, July 18, 2023
बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते प्रतिनिधिमूलक तस्बिर।

चितवन- बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्। माडी नगरपालिका-३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी छन्।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ। बाघले ५ः२० बजे आक्रमण गरेको हो।

प्रकाशित: २ साउन २०८० २०:०२ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast