बाँके : ट्राफिक जरिबाना अब सीधै बैंकमा

हिमाल प्रेस २ साउन २०८० २१:१० | Tuesday, July 18, 2023
बाँके : ट्राफिक जरिबाना अब सीधै बैंकमा

बाँके- जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लंघन जरिबाना राजस्व असुली गर्दा रसिद दिने गरेकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने बताएको छ।

सोमबारदेखि ट्राफिक जरिबाना राजस्व असुलीमा अब प्रविधिको प्रयोग गरेर ट्राफिक नियमको उल्लंघन जरिबाना राजस्व असुली अब बैंकमार्फत भुक्तानी गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए।

बाँकेमा ट्राफिक भायोलेसन रेकर्ड प्रणाली (टीभीआरएस) लागू हुन लागेको हो। मादक पदार्थ सेवन (मापसे), लागुऔषध पदार्थ सेवन (लापसे) र तीव्र गतिमा सवारी चलाउने गरेकाको पुष्टि गर्न परीक्षणमा प्रविधि अपनाइसकिएको छ। प्रमुख सुनारका अनुसार लुम्बिनी प्रदेशको तीनवटा जिल्लामा टीभीआरएस लागू हुन लागेको हो। बैंक पुगेर भौचर भरेर जम्मा गर्न सकिने तथा सीधै भुक्तानीको एप्सको प्रयोग गर्न पनि सकिने उनले बताए।

प्रकाशित: २ साउन २०८० २१:१० | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast