बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु, अर्का घाइते

हिमाल प्रेस १ साउन २०८० १३:५६ | Monday, July 17, 2023
बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु, अर्का घाइते

पोखरा– कास्कीको रुपा गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का गम्भीर घाइते छन्। पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपाको पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ ल्याइएकोमा विवेकको उपचार क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

उनी लमजुङको मध्यनेपाल ६, भोर्लेटार हुन्। मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते छन्। विवेक र जितेन्द्र नातामा दाजुभाइ हुन्। प्रहरीले बसचालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित: १ साउन २०८० १३:५६ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast