सिंहदरबारमा बसेको बैठकमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी।
तस्बिर : रासस
काठमाडौँ- नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्।
अर्थ समितिको बिहीबारको बैठकमा बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी हुने गभर्नर अधिकारीले बताएका हुन्।
पछिल्लो समय बाह्य क्षेत्र सन्तुलित, ब्याजदर घट्दो क्रममा र पर्याप्त तरलताजस्ता सकारात्मक सूचक देखिएका छन्। तर पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, सुस्त कर्जा विस्तारलगायत समस्या कायमै रहेको अधिकारीको भनाइ छ।अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि मूल्यवृद्धिको सीमा ७ प्रतिशत राखिएको थियो। तर मूल्यवृद्धि योेभन्दा माथि रह्यो। सञ्चित कोष १ खर्ब ९३ अर्बले घाटामा छ।’

गभर्नर अधिकारीले चालु खाता घाटा ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए।
अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के-कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने उनको भनाइ छ।
‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो,’ उनले भने, ‘मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन्। हामीसँग भएका उपकरण प्रयोग गर्छौं।’
प्रकाशित: ४ साउन २०८० १५:३१ | Thursday, July 20, 2023
प्रतिक्रिया