प्राथमिक शिक्षकको परीक्षा मिति परिवर्तन

हिमाल प्रेस १५ साउन २०८० १५:१६ | Monday, July 31, 2023
प्राथमिक शिक्षकको परीक्षा मिति परिवर्तन

काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको परीक्षा मिति परिवर्तन गरेको छ। आगामी असोज ६ गतेका लागि तोकिएको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को परीक्षा सोही १३ गते शनिबार सञ्चालन गर्न निर्णय भएको आयोगले जनाएको छ।

लोकसेवा आयोगबाट सञ्चालन हुने राप अनंकित द्वितीय श्रेणी खरिदार पदको परीक्षाको मितिसँग जुध्न गएकाले मिति सारिएको आयोगले जनाएको छ।

आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख छ, ‘पूर्वनिर्धारित मिति २०८० साल असोज ६ गते सञ्चालन हुने परीक्षा मिति २०८० असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने एवं परीक्षासम्बन्धी अन्य व्यवस्था पूर्व सूचनाअनुसार नै रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित: १५ साउन २०८० १५:१६ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast