प्रहरी कर्मचारीले कल्याण कोषमार्फत यी सामान पाउनेछन् किस्ताबन्दीमा

हिमाल प्रेस २८ असार २०८० १५:०७ | Thursday, July 13, 2023
प्रहरी कर्मचारीले कल्याण कोषमार्फत यी सामान पाउनेछन् किस्ताबन्दीमा

काठमाडौँ- नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूलाई घरायसी सरसामान उपलब्ध गराउने भएको छ।

प्रहरीको कल्याण कोष नक्सालले बहालवाला प्रहरी कर्मचारीहरूको लागि किस्ताबन्दी सुविधामा चार पांग्रे सवारी (कार/जिप), मोटर साइकल/स्कुटर, वासिङ मेसिन, कम्प्युटर, ल्यापटप, ट्रेड मिल तथा शारीरिक अभ्यास गर्ने सरसामान, टेलिभिजन, फ्रिज, एयर कन्डिसनर, माइक्रोओभन उपलब्ध गराउन लागेको हो।

आफ्ना कर्मचारीलाई किस्ताबन्दी सुविधामा उपलब्ध गराउन प्रहरी कल्याण कोष, नक्सालले यस्ता सामान बिक्रेताहरूलाई सम्पर्क गर्न सूचना जारी गरेको छ। विक्रेता र कोषबीचको सहमतिअनुसार प्रहरीले सामान किन्न सक्नेछन् र तिर्नुपर्ने रकम किस्तामा तिर्न पाउनेछन्।

सामान किनेका प्रहरी कर्मचारीले किस्ताबापतको रकम तलबबाट कट्टा हुने गरी सम्झौता मिलाइएको कल्याण कोषले जनाएको छ। सामान किन्न चाहने कर्मचारीले यो वर्षका लागि साउन अन्तिम हप्तादेखि मात्रै पाउनेछन्।

प्रकाशित: २८ असार २०८० १५:०७ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast