सांकेतिक तस्बिर।
काठमाडौँ– नेपाल प्रहरीका एक वरिष्ठ हवल्दार एक लाख रुपैयाँ घूससहित पक्राउ परेका छन्। काठमाडौँ प्रहरी प्रभाग, बूढानीलकण्ठमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रूपैयाँ घूसहित रंगेहात पक्राउ परेका हुन्।
सिंह बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ परेको बताइएको छ। स्थानीय कुख्ने खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घूस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
प्रकाशित: ११ साउन २०८० ७:०१ | Thursday, July 27, 2023
प्रतिक्रिया




