प्रभु साहमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती

हिमाल प्रेस १० साउन २०८० ९:१२ | Wednesday, July 26, 2023
प्रभु साहमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टी(आजपा)ले पार्टी अध्यक्ष प्रभु साहमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

मंगलबार साँझ पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै प्रभु साहलाई लगाइएको आरोप प्रमाणित गर्न ६ राजनीतिक दललाई चुनौती दिएका हुन् ।

अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले साहलाई पक्राउ गर्न माग गरेका छन्।

त्यसपछि पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका बीभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकीत भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ।’

प्रकाशित: १० साउन २०८० ९:१२ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast