प्रधानमन्त्री प्रचण्ड र विश्वखाद्य तथा कृषि संगठनका महानिर्देशकबीच भेटवार्ता

हिमाल प्रेस ९ साउन २०८० १६:०० | Tuesday, July 25, 2023
प्रधानमन्त्री प्रचण्ड र विश्वखाद्य तथा कृषि संगठनका महानिर्देशकबीच भेटवार्ता

काठमाडाैँ- इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्वखाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकाे मुख्यालयमा मंगलबार भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएकाे छ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए। विश्वव्यापी रूपमा भोकमरीको अन्त्य गर्न मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र संघको महत्त्वपूर्ण निकाय हो। संस्थाले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ।

प्रकाशित: ९ साउन २०८० १६:०० | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast