प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, अस्पताल भर्ना

हिमाल प्रेस २७ असार २०८० ९:०५ | Wednesday, July 12, 2023
प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, अस्पताल भर्ना

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अहिले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

अवस्था गम्भीर बनेपछि बिहान अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। उनको उपचार भइरहेको उनले बताए।

अस्पतालमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

प्रकाशित: २७ असार २०८० ९:०५ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast