प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रुपमा लियौँ : एमाले

हिमाल प्रेस २५ असार २०८० १८:३८ | Monday, July 10, 2023
प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रुपमा लियौँ : एमाले

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादास्पद अभिव्यक्तिलाई लिएर राजीनामा मागेको एमालेले संसद्‌मा प्रधानमन्त्रीले गरेको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउँदै एकचोटीलाई मौका दिने बताएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले आफ्नो भनाइमाथि स्पष्टीकरण दिएका थिए। उक्त भनाइप्रति एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरु सकारात्मक रहेको बताएका छन्।

‘प्रधानमन्त्रीले यो तहको संसद्‌मा आएर कमजोरी भयो, अबदेखि यस्तो कमजोरी दोहोर्‍याउँदिन भनेपछि हामी भविष्यमा यस्तो नगर्नु होला भन्ने हिसाबले एक पटकलाई मौका दिन चाहन्छौं,’ सञ्चारकर्मीसँग गिरीले भने, ‘जसरी अभिव्यक्ति राख्नुभयो त्यसलाई सकारात्मक रुपमा लिन्छौं।’

प्रकाशित: २५ असार २०८० १८:३८ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast