प्रधानमन्त्रीको राजीनामा माग प्रकरण : भीम रावलले उठाए एमालेमाथि नै प्रश्न

हिमाल प्रेस २६ असार २०८० ६:२९ | Tuesday, July 11, 2023
प्रधानमन्त्रीको राजीनामा माग प्रकरण : भीम रावलले उठाए एमालेमाथि नै प्रश्न

काठमाडौँ- प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरणलाई लिएर नेकपा एमाले नेता भीम रावलले आफ्नै पार्टीमाथि औला उठाएका छन्। रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन एमाले तयार रहेको प्रति आपत्ति जनाएका छन्।

यसअघि नेता रावलले प्रधानमन्त्री प्रचण्डले गलत भनाइ फिर्ता लिएर जनताससँग माफी माग्नुपर्ने बताएका थिए। तर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको थियो।

‘प्रम प्रचण्डले गलत भनाइ फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै राजीनामा नदिई संसद् चल्न दिन्नौँ भन्नेहरु आज प्रमले प्रतिनिधिसभामा राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार?’,

नेता रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र?’

प्रकाशित: २६ असार २०८० ६:२९ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast