 
                             
                                            काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेश र पालिकासँग २०८०/८१ लागि शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट विवरण माग गरेको छ। केन्द्रले शिक्षा क्षेत्रमा विनियोजित बजेट एकीकृत गर्नुपर्ने भएकाले सातै प्रदेश र ७५३ पालिकासँग विवरण माग गरिएको जनाएको छ।
केन्द्रले प्रदेश र पालिकालाई सम्बोधन गरी गरेको परिपत्रमा साउन १५ गतेभित्र बजेट विवरण पठाउन आग्रह गरिएको छ।

                            प्रकाशित: १२ साउन  २०८० १६:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 