प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १५ साउन २०८० ७:०१ | Monday, July 31, 2023
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– सोमबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको सभामुखले जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १५ साउन २०८० ७:०१ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast