प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १० साउन २०८० ७:०५ | Wednesday, July 26, 2023
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– बुधबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बैठक बस्ने भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै मन्त्रिपरिषद्को निर्णयबाट कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ।

राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: १० साउन २०८० ७:०५ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast