प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

हिमाल प्रेस १ साउन २०८० २१:०९ | Monday, July 17, 2023
प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ- प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही उडान प्रभावित बनेका हुन्। पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिनछिनमै परिवर्तन भइरहने भएकाले उडान प्रभावित बनेका हुन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पछिल्ला दिनमा प्रतिकूल मौसमका कारण आन्तरिक उडान केही मात्रामा प्रभावित हुँदै आएका बताए। ‘इनरुट वेदर’ बिग्रिएर उडान प्रभावित भएर उडान ढिलो भए पनि उडानै रद्द गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

‘आन्तरिक उडानमा मौसमले सामान्य प्रभावित बनाएको छ। काठमाडौँ विमानस्थल र बाहिरका स्टेसनमा पनि जहाज केही बेर आकाशमा फन्को लगाउने (होल्ड) गर्ने गरिएको छ,’ उनले भने।
उडान पूर्वनिर्धारित समयअनुसार नभए पनि रद्द गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। रासस

प्रकाशित: १ साउन २०८० २१:०९ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast