प्रतीकात्मक तस्बिर।
पोखरा– पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा ८, बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेको प्रहरीले जनाएको छ।
शनिबार साँझ सवा ५ बजे उनी पोखरा १७, पावर हाउसनजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
खोजीका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलनजिकै पानीभित्र खोंचमा उनलाई फेला पारेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो।
स्वस्थ्य परीक्षणका क्रममा उनी मृत रहेको अस्पतालले पुष्टि गरेको छ।
प्रकाशित: ७ साउन २०८० १२:४४ | Sunday, July 23, 2023
प्रतिक्रिया



