फाइल तस्बिर।
काठमाडौँ– हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशमा मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
राति कोशी प्रदेशसहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: २४ असार २०८० ६:२६
प्रतिक्रिया



