आजको मौसम

पूर्वी, मध्यपहाडी र तराईका जिल्लामा चट्याङसहित भारी वर्षा हुने

हिमाल प्रेस १ साउन २०८० ७:५५ | Monday, July 17, 2023
पूर्वी, मध्यपहाडी र तराईका जिल्लामा चट्याङसहित भारी वर्षा हुने फाइल तस्बिर।

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।

जसका कारण हाल देशभर आंशिकदेखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरैलगायत बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखी मध्ययम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका केही, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: १ साउन २०८० ७:५५ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast