 
                             
                                            काठमाडौँ- संसद्को पूर्वाधार विकास समितिले बिहीबारका लागि बोलाएको बैठकमा सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ।
मेलम्ची खानेपानी आयोजनासम्बन्धी बोलाइएको बैठकमा सांसदहरू नगएपछि बैठक स्थगित गरिएको हो। संसद् सचिवालयले कोरम नपुगेपछि बैठक नै नबसी स्थगित गरिएको बताएको छ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्ने कार्यसूची रहेको थियो।
तर बैठक सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नपुगेपछि बैठक बस्न सकेन। समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्छ। पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसदको उपस्थिति आवश्यक हुन्छ।
                            प्रकाशित: २८ असार  २०८० १५:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 