पूर्वाधार समितिको बैठकमा सांसद अनुपस्थित, बैठक स्थगित

हिमाल प्रेस २८ असार २०८० १५:४८ | Thursday, July 13, 2023
पूर्वाधार समितिको बैठकमा सांसद अनुपस्थित, बैठक स्थगित

काठमाडौँ- संसद्को पूर्वाधार विकास समितिले बिहीबारका लागि बोलाएको बैठकमा सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ।

मेलम्ची खानेपानी आयोजनासम्बन्धी बोलाइएको बैठकमा सांसदहरू नगएपछि बैठक स्थगित गरिएको हो। संसद् सचिवालयले कोरम नपुगेपछि बैठक नै नबसी स्थगित गरिएको बताएको छ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्ने कार्यसूची रहेको थियो।

तर बैठक सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नपुगेपछि बैठक बस्न सकेन। समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्छ। पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसदको उपस्थिति आवश्यक हुन्छ।

प्रकाशित: २८ असार २०८० १५:४८ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast