‘पार्ट टाइम’ काम गर्ने व्यवस्था मिलाउन सांसद गौतमको माग

हिमाल प्रेस २९ असार २०८० १६:०५ | Friday, July 14, 2023
‘पार्ट टाइम’ काम गर्ने व्यवस्था मिलाउन सांसद गौतमको माग सांसद सोविता गौतम

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।

आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरूसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाको खोजी सुरु गर्नुपर्ने बताइन्।

‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ,’ उनले भनिन्, ‘पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन्।’

सरकारले नेपालमै काम दिने विषयमा केके काम गरिरहेको छ भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई प्रश्न पनि सोधिन्।

प्रकाशित: २९ असार २०८० १६:०५ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast