 
                             
                                            काठमाडौँ- महालक्ष्मी विकास बैंकले कालिकोटका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ। बैंकले कालिकोटको ‘कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र’मार्फत पाँच जना विद्यार्थीलाई कक्षा ११ र १२ तथा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको हो।
कालिकोटका सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौँ वा अन्यत्र थप अध्ययन गगरिरहेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ।
साथै कक्षा ११ र १२ तथा सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेकालाई उक्त छात्रवृत्ति उपलब्ध गराइएको बैंकको भनाइ छ।
बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभाग प्रमुख बसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई छात्रवृत्ति रकम बराबरको चेक हस्तान्तरण गरे।
आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस किसिमका सहयोगहरू गर्दै जाने बताएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 