‘पशुपति प्रसाद २ः भष्मे डन’ फूलपातीमा प्रदर्शन

हिमाल प्रेस २७ असार २०८० १५:२८ | Wednesday, July 12, 2023
‘पशुपति प्रसाद २ः भष्मे डन’ फूलपातीमा प्रदर्शन

काठमाडौँ- आगामी दसैंको फूलपातीको दिन फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शन हुने भएको छ।

टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै फिल्म आगामी फूलपातीका दिन नेपालसहित अन्य देशमा एक साथ प्रदर्शन हुने जानकारी गराएको हो।

फिल्मको शो अमेरिकामा करिब बाह्र सयसम्मको हुने बताइएको छ। मध्य पूर्वका देशहरूमा करिब साढे सात सय शो, बेलायत र अस्ट्रेलियामा पाँचपाँच सय शो हुने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै क्यानडामा एक सय ५० शो, जापानमा एक सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, कोरिया, मलेसिया, इराक र हङकङमा एकसाथ प्रदर्शन हुने विज्ञप्तिमा भनिएको छ।

खगेन्द्र लामिछानेको लेखन रहेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। फिल्मका निर्माता पनि कलाकार छामिछाने नै हुन्।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँलगायत कलाकारको अभिनय छ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्ममा कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काले सम्पादन गरेका छन्।

प्रकाशित: २७ असार २०८० १५:२८ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast