पदबहालीका लागि विराटनगर लागे हिक्मत

हिमाल प्रेस १२ साउन २०८० १०:१० | Friday, July 28, 2023
पदबहालीका लागि विराटनगर लागे हिक्मत हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पदबहाली गर्न काठमाडौँबाट विराटनगर जाँदैछन्।

कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाका अनुसार मुख्यमन्त्री उद्धप थापाको सरकार अवैधानिक ठहरिएसँगै कार्की मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

‘उहाँ पहिलेको मुख्यमन्त्री हो। त्यसपछि थापा मुख्यमन्त्री बन्नुभयो,’ हिमाल प्रेससँग रानाले भने,‘थापाको पदबहाली नै अवैध ठहरिएपछि त उहाँ (कार्की) नै मुख्यमन्त्री बन्नु परिगयो नि।’

कार्की बिहीबार(हिजो) सम्म काठमाडौँमै थिए। तर अदालतको फैसलापछि उनी विराटनगर लागेका हुन्। यता थापा पक्ष भने अहिलेसम्म मौन छ।

मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू भने अन्योलमा परेका छन्। कार्कीलाई पदबहाली गर्ने कि उद्धव थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बताउँछन् ।

प्रकाशित: १२ साउन २०८० १०:१० | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast