न्युयोर्क केन्द्रित नेपाल टि कलेक्टिभ अब काठमाडौँमा

हिमाल प्रेस २ साउन २०८० १४:१० | Tuesday, July 18, 2023
न्युयोर्क केन्द्रित नेपाल टि कलेक्टिभ अब काठमाडौँमा

काठमाडौँ- अमेरिकाको न्युयोर्कलाई केन्द्र बनाएर चिया व्यवसाय गरिरहेको ‘नेपाल टि कलेक्टिभ’ले काठमाडौँमा आउटलेट सञ्चालन गर्ने भएको छ।

आउटलेट सुरुवात गर्नुअघि नै कम्पनीले आफ्नो बेवसाइट र दराजमार्फत अनलाइन बिक्री सुरु गरेको छ।

सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालमा उत्पादित अर्थोडक्स चिया अमेरिकालगायत ४२ देशमा बिक्री गर्दै आइरहेको छ। कम्पनीका अनुसार हालसम्म कलेक्टिभले करिब १ करोड कप बराबर चिया विश्वभर बिक्री गरिसकेको छ।

नेपाल टि कलेक्टिभले किसानद्वारा उत्पादित ‘लुज लिफ’ अर्गानिक चिया खरिद गरी निर्यात गर्दै आएको छ। यसमा बिचौलियाको कुनै भूमिका हुँदैन।

कलेक्टिभले कञ्चनजङ्घा नोइर अर्थात् हिमालयन सनराइज, कुमारी गोल्ड, टप अफ दिन वल्र्ड ब्राण्डको कालो चिया र ह्वाइट प्रकाशलगायत चिया बिक्री वितरण गर्दै आएको छ।

प्रकाशित: २ साउन २०८० १४:१० | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast