 
                             
                                            काठमाडौँ- नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अन्तिम स्वीकृतिका लागि निवेदन पेस गरेको छ। बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न आइतबार निवेदन पेस गरेको हो।
ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो। कम्पनीले कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
                            प्रकाशित: २० असार  २०८० १७:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 