नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी’बाट सम्मानित

हिमाल प्रेस ९ साउन २०८० २१:२२ | Tuesday, July 25, 2023
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी’बाट सम्मानित

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी २०२३’बाट सम्मानित भएको छ। बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि सम्मानित भएको बैंकले जानकारी दिएको छ।

बेलायतमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन युरोमनीबाट एनआईएनबी बैंक योसहित तेस्रोपटक सम्मानित भएको हो। यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले उक्त अवार्ड प्राप्त गरेको थियो।

वर्षभरको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवा तथा शाखारहित बैंकिङ सेवा उपलब्ध गराएका कारण सम्मानित भएको बैंकको भनाइ छ।

प्रकाशित: ९ साउन २०८० २१:२२ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast