 
                             
                                            काठमाडौँ- गोडरेजले नेपाली बजारमा नयाँ एसी सार्वजनिक गरेको छ। कम्पनीले नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको हो। गोडरेज इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेकाले एसीले अनावश्यक प्रदूषण तथा किटाणु नष्ट गरी वातावरण स्वस्थ्य बनाउने कम्पनीको भनाइ छ।
अहिले नेपाली बजारमा सार्वजनिक गरेको एसी आर ३२ इको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्रीसम्म तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
टुइन रोटरी इन्भर्टर टेक्नोलोजीमा आधारित उक्त एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौससअनुसार छिटो चिसो पार्ने क्षमता रहेको कम्पनीको भनाइ छ। साथै एअर कन्डिसनरमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ। गोडरेज रेफ्रिजिरेटर ब्राण्डमा भारतमा विगत ६ दशकदेखि चर्चित हो।
कम्पनीका सीजी डिजिटल शोरूमहरू काठमाडौँ उपत्यकाभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधेराधे, गट्ठाघर, कीर्तिपुर, रबिभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटीमा उक्त एसी खरिद गर्न पाइन्छ।
उपत्यकाबाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरलगायत ४० भन्दा बढी सर्भिस सेन्टरबाट खरिद तथा त्यसपछिका सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 