नेताहरू सस्तो लोकप्रियतामा लागे देशलाई घात हुन्छ : शेखर कोइराला

हिमाल प्रेस ४ साउन २०८० २०:४० | Thursday, July 20, 2023
नेताहरू सस्तो लोकप्रियतामा लागे देशलाई घात हुन्छ : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन्।

लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा-राष्ट्रवाद कि राष्ट्रप्रेम?’ पुस्तकको आज (बिहीबार) लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताएका हुन्।

‘लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घाटा हुन्छ। राष्ट्रको हितका लागि सबैको एउटै सोच र विचार भएमात्रै राष्ट्रियता सबल हुन्छ। संकीर्णताले राष्ट्रियता प्रवर्द्धन हुन सक्दैन,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ। अहिले दण्डहीनता चरम सीमामा पुगिसकेको छ। जुनसुकै मुद्दा भए पनि अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक बनाएर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वास घटेर जाँदैछ। सुशासनका कुरामा हामीले ध्यान दिन सकेनौँ भने अन्तर्राष्ट्रिय समुदाय र दुवै छिमेकीले हामीलाई विश्वास गर्दैनन्।’

अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यहीँ शिक्षा हासिल गर्दै युवालाई यहीँ उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरे।

प्रकाशित: ४ साउन २०८० २०:४० | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast