निजी विद्यालयको शुल्कको अनुगमन गर्दै अनेरास्ववियु

हिमाल प्रेस १ साउन २०८० ११:४० | Monday, July 17, 2023
निजी विद्यालयको शुल्कको अनुगमन गर्दै अनेरास्ववियु

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले देशभरका नीजि  विद्यालयको शुल्कको अनुगमन गर्ने भएको छ।

कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट मनपरी शुल्क असुल गरिरहेको गुनासो आएकाकोले अनुगमन गर्ने अखिलले जनाएको हो।

अध्यक्ष समिक बडालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरसहित देशभरका कलेजहरूले के-कति शुल्क उठाइएको र छात्रवृत्तिको छनोट के-कसरी भइरहेको छ भन्ने विषयमा जानकारी लिन र खबरदारी गर्न अनुगमन संयन्त्र परिचालन गर्ने बताएका छन्।

प्रकाशित: १ साउन २०८० ११:४० | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast