 
                             
                                            काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले देशभरका नीजि विद्यालयको शुल्कको अनुगमन गर्ने भएको छ।
कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट मनपरी शुल्क असुल गरिरहेको गुनासो आएकाकोले अनुगमन गर्ने अखिलले जनाएको हो।
अध्यक्ष समिक बडालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरसहित देशभरका कलेजहरूले के-कति शुल्क उठाइएको र छात्रवृत्तिको छनोट के-कसरी भइरहेको छ भन्ने विषयमा जानकारी लिन र खबरदारी गर्न अनुगमन संयन्त्र परिचालन गर्ने बताएका छन्।

                            प्रकाशित: १ साउन  २०८० ११:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 