निजामती कर्मचारीलाई छात्रवृत्ति दिन जापानको ३८ करोड ५० लाख अनुदान

हिमाल प्रेस २७ असार २०८० १३:१२ | Wednesday, July 12, 2023
निजामती कर्मचारीलाई छात्रवृत्ति दिन जापानको ३८ करोड ५० लाख अनुदान

काठमाडौँ- नेपाल र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) कार्यक्रम कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौता भएको छ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सन् २०२३ र २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन जापान सरकारले ३८ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने छ।

यो अनुदान रकम निजामती कर्मचारीको स्नातकोत्तर र पीएचडी तहको छात्रवृत्ति कार्यक्रमका लागि खर्च गरिने छ। जापान सरकारले नेपाललाई सन् २०१५ देखि यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ।

जेडीएस कार्यक्रमअन्तर्गत जापानले सन् २०१६ देखि २०२२ सम्म दुई चरणमा गरेर एक सय जना निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ। तेस्रो चरणको यो छात्रवृत्ति कार्यक्रमबाट २० जनाले स्नातकोत्तर र दुई जनाले पीएचडी पढ्न पाउनेछन्।

प्रकाशित: २७ असार २०८० १३:१२ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast