नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ४०० मिटर खन्न बाँकी

हिमाल प्रेस २ साउन २०८० १३:०१ | Tuesday, July 18, 2023
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ४०० मिटर खन्न बाँकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोमबार नागढुङ्गा सुरुमार्गमा भइरहेको कामबारेमा धादिङको सिस्नेरीमा निरीक्षण गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन्।

यसक्रममा सुरुङमार्गको मुख्य मार्ग करिब ४०० मिटर र रेस्क्यु सुरुङ ३५ मिटर खन्न बाँकी रहेको निर्माण कम्पनीले जानकारी गराएको छ। स्वच्छन्द निर्माण सेवाका इन्जिनियर नारायण दुवाडीले दुई महिनाभित्रै रेस्क्यु सुरुङ जोडिने बताए।

उनले एक वर्षभित्रमा सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको ‘ब्रिफिङ’समेत गरेका छन्। सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ ९ मिटर चौडाइको मुख्य सुरुङ र ४ मिटर चौडाइको रेस्क्यु सुरुङ गरी दुई सुरुङ समानान्तर रूपमा बनाइएका छन्।

२०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरिएको थियो। कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको छ।

थपिएको समयअनुसार आगामी असोजसम्ममा सम्पूर्ण काम सक्नुपर्नेछ।

प्रकाशित: २ साउन २०८० १३:०१ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast