 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            इस्लामाबाद- नगद संकट भोगिरहेको पाकिस्तानलाई साउदी अरेबियाले दुई अर्ब अमेरिकी डलर सहयोग गरेको छ। विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख पाकिस्तानलाई साउदी अरेबियाले दुई अर्ब डलर सहयोग उपलब्ध गराएको हो।
उक्त सहयोग प्राप्त भइसकेको पाकिस्तानका सरकारी अधिकारीहरूले बताएका छन्। देशको आर्थिक संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग नयाँ सम्झौता हुन लागेका बेला साउदी सहयोग प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्। उक्त सहयोगले ठूलो राहत मिलेको अधिकारीहरूको भनाइ छ।
पछिल्लो समय पाकिस्तानको अर्थतन्त्रको भुक्तानी सन्तुलन बिग्रेको छ। गएका महिनाहरूमा उत्पन्न राजनीतिक परिस्थितिले वैदेशिक लगानी झनै निरुत्साहित भएको छ। मंहगी बढेको छ।
पाकिस्तानी रूपैयाँ डलरको तुलनामा हालसम्मकै न्यून विन्दुमा पुगेको छ। देशलाई आयात धान्न धौधौ परिरहेको छ। औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ। ‘साउदी अरेबियाले पछिल्लो समय स्टेट बैंक अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गरेको छ,’ पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भने।
स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तर्राष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार हुने बताउँछन्। रासस/एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 