नक्कली शरणार्थी प्रकरण : फरार रहेका तुलाधर काठमाडौँबाटै पक्राउ

हिमाल प्रेस २८ असार २०८० १४:०० | Thursday, July 13, 2023
नक्कली शरणार्थी प्रकरण : फरार रहेका तुलाधर काठमाडौँबाटै पक्राउ

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका थप एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले फरार रहेका ५९ वर्षीय केशव तुलाधरलाई बुधबार पक्राउ गरेको हो। उनलाई प्रहरीले सानो भर्‍याङबाट पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए। तुलाधर फरार थिए।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका उच्चपदस्थहरू पूर्पक्षका लागि थुनामामा छन्।

प्रकाशित: २८ असार २०८० १४:०० | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast