जनकपुरधाम– धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
शनिबार राति करिब ८:२० बजे मोटरसाइकलमा सवार अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनास्थल भारतीय भूमिमा परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको धनुषाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए ।
‘घटनाबारे थप अनुसन्धान जारी छ, मृतक महिला भारतीय रहेको र गोली हानेर हत्या गरेको समूह पनि भारततिरै भागेको प्रारभिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने।
प्रकाशित: ७ साउन २०८० ८:४७ | Sunday, July 23, 2023
प्रतिक्रिया





