‘दोहोरी आइकन्स’ प्रसारण हुँदै, निर्णायकमा कोमल वलीसहित तीन जना

हिमाल प्रेस १ साउन २०८० १३:३९ | Monday, July 17, 2023
‘दोहोरी आइकन्स’ प्रसारण हुँदै, निर्णायकमा कोमल वलीसहित तीन जना

काठमाडौँ– टेलिभिजन शो ‘दोहोरी आइकन्स’ प्रसारण हुने भएको छ। एजे इन्टरटेनमेन्टको आयोजनामा उक्त शो प्रसारण हुने भएको हो।

लोकदोहोरी संरक्षण र प्रवर्द्धनको उद्देश्यले कार्यक्रम प्रसारण लागिएको आयोजकले बताएको छ। केही सातापछि डिजिटल र अनलाइनमार्फत अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ।

योहो टेलिभिजनबाट प्रसारण गरिने यस कार्यक्रमको निर्णायक मण्डलमा लोकगायक कोमल वली, कुलेन्द्र विश्वकर्मा र पशुपति शर्मा रहनेछन्।

पीएन सापकोटा र शोभा त्रिपाठीले होस्ट गर्ने उक्त शोमा विजेताले २५ लाख रूपैयाँ पुरस्कार र वर्ल्ड टुरको टिकट पाउने छन्।

प्रकाशित: १ साउन २०८० १३:३९ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast