देउवाले भने : अब साउन १० गते बैठक बस्छ, त्यहाँ मैले बोल्नै पर्ला

हिमाल प्रेस ८ साउन २०८० १९:१६ | Monday, July 24, 2023
देउवाले भने :  अब साउन १० गते बैठक बस्छ, त्यहाँ मैले बोल्नै पर्ला

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको छैटौँ दिनको बैठक सकिएको छ। साउन २ गतेदेखि जारी बैठकमा आज सभापतिबाहेकका पदाधिकारीले केन्द्रीय सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिए। बैठक साउन १० गतेसम्मको लागि स्थगित भएको जानकारी सभापति शेरबहादुर देउवाले गराए।

उपसभापति पूर्णबहादुर खड्काले बोलेर सकेलगत्तै देउवाले आगामी बैठक १० गते बस्ने बताएका थिए। उनले भने, ‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ। त्यहाँ त मैले बोल्नैपर्ला।’

१० गतेको कांग्रेसले बैठकका निर्णयहरू पनि सार्वजनिक गर्नेछ।

प्रकाशित: ८ साउन २०८० १९:१६ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast