देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

हिमाल प्रेस ९ साउन २०८० ११:४७ | Tuesday, July 25, 2023
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यसमिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

गत साउन २ बाट केन्द्रीय कार्यसमितिको बैठक जारी छ। अब बैठकमा उठेका विषयमा सभापतिले जवाफ दिन बाँकी छ।

हिजो बसेको बैठकमा महामन्त्री र उपसभापतिहरूले जवाफ दिएका थिए। त्यपछि देउवाले बैठक भोलिसम्मका लागि स्थगित गरेका थिए।

प्रकाशित: ९ साउन २०८० ११:४७ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast