दुर्घटना बिमाबापतको ५० लाख रुपैयाँ एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण

हिमाल प्रेस २६ असार २०८० १७:५२ | Tuesday, July 11, 2023
दुर्घटना बिमाबापतको ५० लाख रुपैयाँ एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण

काठमाडौँ- एनआईसी एशिया बैंकले दुर्घटना बिमाबापतको ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बैंकले पाँच जना ग्राहकले गरेको बिमाबापतको रकम हस्तान्तरण गरेको हो।

बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाअन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

बैंकका विभिन्न शाखामा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको बैंकको भनाइ छ।

प्रकाशित: २६ असार २०८० १७:५२ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast