दाहालको शोकमा माओवादीले २ दिन पार्टीको झन्डा आधा झुकाउने

हिमाल प्रेस २७ असार २०८० १३:०१ | Wednesday, July 12, 2023
दाहालको शोकमा माओवादीले २ दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टीले दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति शोक मनाउँदै देशभरका पार्टी कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय भएको हो।

पार्टी महासचिव देव गुरुङका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ।

बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीय दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रकाशित: २७ असार २०८० १३:०१ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast