दार्चुलामा बालिकाको बेवारिसे शव फेला

हिमाल प्रेस ९ साउन २०८० २१:१५ | Tuesday, July 25, 2023
दार्चुलामा बालिकाको बेवारिसे शव फेला प्रतीकात्मक तस्बिर।

दार्चुला- दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ। जिल्लाको व्यास गाउँपालिका-४, डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार अन्दाजी १५ वर्षकी बालिकाको शव सडेको अवस्थामा मंगलबार दिउँसो फेला परेको हो। बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित: ९ साउन २०८० २१:१५ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast