‘तेल भिसा’मा विपिनको दोहोरो भूमिका

हिमाल प्रेस ८ साउन २०८० १६:३३ | Monday, July 24, 2023
‘तेल भिसा’मा विपिनको दोहोरो भूमिका

काठमाडौँ- कलाकार विपिन कार्की फिल्म ‘तेल भिसा’मा मुख्य भूमिकामा देखिने भएका छन्।

शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्ममा विपिनको दोहोरो भूमिका रहने बताइएको छ।

तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने निर्देशक घिमिरेले फेसबुकमार्फत जानकारी दिएका छन्।
निर्देशक घिमिरले यसअघि ‘ब्रेकफेल’, ‘विष’, ‘वीरताको चिनो’ र ‘तुलसी’ फिल्मको निर्देशन गरिसकेका छन्। उनी १२ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किएका हुन्।

छोराछोरीले आफ्नो सन्तान स्याहारसुसार गर्न आमाबुबालाई विदेश बोलाउने प्रचलनलाई व्यंग्यात्मक रूपमा तेल भिसा भन्ने गरिन्छ।

शीर्षक अनुसार फिल्म सामाजिक व्यंग्यात्मक हुने अनुमान गर्न सकिन्छ।

प्रकाशित: ८ साउन २०८० १६:३३ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast