तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

हिमाल प्रेस ११ साउन २०८० १४:५६ | Thursday, July 27, 2023
तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौँ- नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन्।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ।

उनीहरूले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए। यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेको थियो।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेका थिए।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपांमा, नंगा पर्वत, गाशरब्रम २, गाशरब्रम १, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।

प्रकाशित: ११ साउन २०८० १४:५६ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast