डेक्काइदो फार्म हाउसमा दीप प्रज्वलन

हिमाल प्रेस १२ साउन २०८० १८:३६ | Friday, July 28, 2023
डेक्काइदो फार्म हाउसमा दीप प्रज्वलन

काठमाडौँ- बूढानीकलण्ठस्थित डेक्काइदो फार्म हाउसमा अखण्ड दीप प्रज्वलन गरिएको छ । जापानीज कम्पनी साइसानको लगानी रहेको ग्यास वन नेपाल प्रालिको आयोजनामा बिहीबार दीप प्रज्वलन गरिएको हो।

दीप प्रज्वलन कार्यक्रममा नेपालस्थित जापानिज दूतावासका काउन्सिलर ताकाहिरो तमुरा, जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष तात्सू मात्सुमोतो, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डीपी अर्याल, एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, ग्यास वन नेपाल प्रालिका प्रबन्ध सञ्चालक हिडेफिमी जिन्नाई, समाजवादी पार्टी नेपालका सांसद कृष्ण श्रेष्ठ, केजीएच ग्रुप अध्यक्ष सुनिल शाक्यलगायतको उपस्थिति थियो।

प्रकाशित: १२ साउन २०८० १८:३६ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast