ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छौं : सहकारीमन्त्री श्रेष्ठ

हिमाल प्रेस २८ असार २०८० १३:३४ | Thursday, July 13, 2023
ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छौं : सहकारीमन्त्री श्रेष्ठ फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले ठगी गर्ने सहकारीहरूलाई कानुनअनुसार कारबाही गरिने बताएकी छन्।

बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको उनले उल्लेख गरिन्।

१५ जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको उनले जानकारी दिइन्।

‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं। मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको छ,’ उनले भनिन्,’आर्थिक वर्ष ०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाइन्छ।’

प्रकाशित: २८ असार २०८० १३:३४ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast