टेलिकमको समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा

हिमाल प्रेस २९ असार २०८० १७:३६ | Friday, July 14, 2023
टेलिकमको समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा

काठमाडौँ- नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी ‘समर अफर’ ल्याएको छ। अफरअन्तर्गत अल टाइम डाटा प्याकमा ५०० रुपैयाँमा २० जीबी डाटा उपलब्ध हुनेछ। २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा यसअघि यो मूल्यमा १२ जीबी मात्रै उपलब्ध हुन्थ्यो।

त्यसैगरी ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेको डाटा अब ३५ जीबी प्याकमा उपलब्ध हुनेछ।

त्यसका साथै प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत १५० मिनेट अन नेट भ्वाइस कल, ४ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ। सजिलो अनलिमिटेड ७९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ।

 

प्रकाशित: २९ असार २०८० १७:३६ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast